रौतहट, पुस १२ गते — कटहरिया नगरपालिका–८ डुमरियामा रहेको ज्योति डिष्टिलरी उद्योग प्रा. लि. मा आज मेसिन पड्किँदा आधा दर्जनभन्दा बढी कामदारको ज्यान गएको छ। विस्फोटको आवाजसँगै उद्योग परिसरमा अफरातफरी मच्चिएको थियो।
घटनामा केही कामदार घाइते भएको आशंका गरिएको छ भने घाइतेहरूको उद्धार तथा उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ। सुरक्षाकर्मी र स्थानीय प्रशासन घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान कार्य अघि बढाइरहेका छन्।
मेसिन किन र कसरी पड्कियो भन्ने विषयमा कारण खुल्न बाँकी छ। मृतक तथा घाइतेको पहिचान र यकिन संख्या आउन बाँकी रहेको प्रशासनले जनाएको छ।
थप विवरण आउँदैछ।
१२ पुस २०८२, शनिवार १०:३५ मा प्रकाशित