काठमाडौँ १ गते । नेपाली काँग्रेसका नव–नियुक्त सभापति माननीय गगन कुमार थापा सँग मधेस प्रदेशका उप–सभापति श्री विरेन्द्र प्रसाद सिंहले हार्दिक शुभकामना आदान–प्रदान गर्नुभएको छ। भेटका क्रममा सभापति थापालाई नयाँ जिम्मेवारी सफलतापूर्वक वहन गर्न शुभेच्छा व्यक्त गर्दै उप–सभापति सिंहले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने नेतृत्वको अपेक्षा व्यक्त गर्नुभयो।
शुभकामना आदान–प्रदानका अवसरमा सभापति थापाले मधेस प्रदेशको संगठन मजबुत बनाउन उप–सभापति सिंहसहित सम्पूर्ण कार्यकर्ताको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पार्टीलाई नयाँ उचाइमा पुर्याउन सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले समावेशी राजनीति, संगठनात्मक सुदृढीकरण र जनताको विश्वास पुनःस्थापना गर्ने दिशामा नेपाली काँग्रेस अघि बढ्ने स्पष्ट पार्नुभयो।
उक्त भेटघाटलाई पार्टीभित्रको एकता, समन्वय र सकारात्मक सन्देशका रूपमा लिइएको छ।