नवनियुक्त मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट शतप्रतिशत (१००%) विश्वासको मत प्राप्त

tejnewskhabar.com

जनकपुरधाम, पुस ४ – मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट शतप्रतिशत (१००%) विश्वासको मत प्राप्त गर्नुभएको छ।

कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले समेत समर्थन गर्ने घोषणा गरेपछि मुख्यमन्त्री यादवले सर्वसम्मत समर्थन पाउनुभएको हो।

प्रदेश सभाको बैठकमा नेकपा एमालेका तर्फबाट बोल्दै सांसद मोहम्मद समिरले कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले औपचारिक रूपमा समर्थन गर्ने जानकारी दिनुभयो। उहाँले मधेस प्रदेशको स्थायित्व, विकास र सुशासनका लागि नयाँ सरकारलाई सहयोग आवश्यक रहेको बताउनुभयो।

प्रदेश सभाका सबै दलको समर्थनसहित मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेशमा राजनीतिक सहकार्य र स्थिरताको सन्देश गएको छ।

प्रतिक्रिया