दलित समुदायबारे नबोलेको विषय जोडेर भ्रम फैलाइएकोप्रति राजेन्द्र लिङ्गदेनको आपत्ति, गल्ती सच्याउन आग्रह

tejnewskhabar.com

काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले सामाजिक सञ्जालमार्फत आफूले दलित समुदायको सम्बन्धमा नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष लिङ्गदेनले आफूले कहिल्यै पनि दलित समुदायलाई लक्षित गरी आपत्तिजनक वा नकारात्मक अभिव्यक्ति नदिएको स्पष्ट पार्नुभएको छ। गलत आशयका साथ बनाइएका सामग्री र भ्रामक प्रचारले समाजमा अनावश्यक तनाव र भ्रम सिर्जना गरेको उहाँको भनाइ छ।

उहाँले यस प्रकारको गलत प्रचारमा संलग्न व्यक्तिहरूलाई तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दै, अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने चेतावनीसमेत दिनुभएको छ। साथै, भ्रामक सूचनामा नपर्न सबैलाई आग्रह गर्दै सत्य तथ्य बुझेर मात्र विश्वास गर्न अनुरोध गर्नुभएको छ।

अध्यक्ष लिङ्गदेनले सामाजिक सद्भाव, आपसी सम्मान र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औंल्याउँदै कुनै पनि समुदायविरुद्ध गलत सूचना फैलाउने कार्य अस्वीकार्य हुने स्पष्ट सन्देश दिनुभएको छ।

प्रतिक्रिया