रौतहट १० — जिल्ला प्रहरी कार्यालय रौतहटको नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ।
नवनियुक्त एसपी रिजालले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
११ माघ २०८२, शनिवार ०९:०१ मा प्रकाशित