भैरहवा कारागारबाट रिहा भएपछि रवि लामिछाने पहिलोपटक रास्वपा केन्द्रीय कार्यालयमा उपस्थित

tejnewskhabar.com

काठमाडौं ०६ गते — भैरहवा कारागारबाट रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पहिलोपटक आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुनुभएको छ।

लामिछानेको उपस्थितिले पार्टी कार्यकर्ता तथा समर्थकहरूमा उत्साहको लहर पैदा भएको छ। उनले पार्टीको आगामी गतिविधि र रणनीतिमा सक्रिय रूपमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

पार्टीभित्रको रणनीति, संगठन सुदृढीकरण र आगामी निर्वाचन तयारीका विषयमा लामिछानेले केन्द्रीय कार्यालयमा छलफल पनि गर्नुभएको बताइएको छ।

प्रतिक्रिया