काठमाडौँ, १६ पुस २०८२ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको जिम्मेवारी आयोगका सहसचिव श्री सुरेश न्यौपानेलाई तोकिएको छ।
आयोगद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रवक्ताको जिम्मेवारी पाउनुभएका सहसचिव न्यौपानेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। प्रवक्ताको रूपमा उहाँले आयोगका गतिविधि, निर्णय तथा सूचनाहरू सार्वजनिक गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ।
आयोगले प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन तथा मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ। प्रवक्तासँग सम्पर्क गर्न चाहनेले टेलिफोन नम्बर ०१–५२६२२३० तथा मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न सक्ने आयोगले जनाएको छ।
नयाँ प्रवक्ताको नियुक्तिसँगै आयोगको सूचना प्रवाह थप प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
१६ पुस २०८२, बुधबार ०७:१८ मा प्रकाशित