रौतहट माधव नारायण नगरपालिकका प्रमुख बैथनाथ यादव र कार्यकारी प्रमुख नागेन्द्र प्रसाद यादवको विशेष पहलमा नगरपालिका कार्यालयको नमुना प्रशासकीय भवन निर्माण सम्पन्न
रौतहट, ०४ पुस – रौतहट जिल्लाको माधव नारायण नगरपालिका अब थप सुचारु र आधुनिक सेवा सुविधा सहित अघि बढ्नेछ। नगर प्रमुख बैथनाथ यादव र कार्यकारी प्रमुख नागेन्द्र प्रसाद यादवको विशेष पहलमा नगरपालिका कार्यालयको नमुना प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ। केही दिनमै उक्त भवनको औपचारिक उद्घाटन कार्यक्रम हुने तयारी रहेको जानकारी नगरपालिकाले दिएको छ।
नयाँ भवनले नगरपालिकाका विभिन्न विभागका कामकाजलाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। भवनमा आधुनिक प्रशासनिक सुविधा र सुबिधाजनक कार्यस्थल निर्माण गरिएको छ, जसले कर्मचारीहरूका लागि काम गर्न सहज बनाउनेछ भने सेवाग्राहीहरूलाई पनि प्रशासनिक सेवा छिटो र सरल रूपमा उपलब्ध गराउनेछ।
नगर प्रमुख बैथनाथ यादवले भने, “नयाँ भवन निर्माण हाम्रो नगरपालिकाको सेवा सुधार र स्थानीय जनताको सुविधा सुनिश्चित गर्ने दिशामा ठूलो कदम हो। यसले हाम्रो प्रशासनिक कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने छ।”
कार्यकारी प्रमुख नागेन्द्र प्रसाद यादवले पनि स्थानीय जनताको सुविधा र कार्यक्षमता बढाउने उद्देश्यले भवनको डिजाइन र निर्माणमा उच्च प्राथमिकता दिइएको बताए।
स्थानीयवासीहरूले पनि नमुना भवनको निर्माणलाई स्वागत गर्दै यसले नगरपालिका सेवा सहज र पारदर्शी हुने विश्वास व्यक्त गरेका छन्। आगामी उद्घाटन समारोहमा विभिन्न सरकारी अधिकारी, स्थानीय नेतृ/नेता र नागरिकको सहभागिता रहने जनाइएको छ।