बर्दिबास सैनिक शिविरमा मध्य पूर्वी पृतनाको ८औँ वार्षिक महोत्सव सम्पन्न, गोल्फ खेलाडीहरू पुरस्कृत

tejnewskhabar.com

महोत्तरी, १९ गते । श्री मध्य पूर्वी पृतना, बर्दिबास सैनिक शिविर (महोत्तरी) को ८औँ वार्षिक महोत्सव तथा गोल्फ खेलाडी पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्णा प्रसाद यादवज्यूको प्रमुख आतिथ्यता रहेको थियो। साथै विशिष्ट अतिथिका रूपमा माननीय अर्थमन्त्री महेश प्रसाद यादवज्यू, माननीय सभामुख रामआशिष यादवज्यू, माननीय स्वास्थ्य मन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू लगायत उच्च पदस्थ सरकारी अधिकारी, नेपाली सेनाका वरिष्ठ अधिकृतहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवको अवसरमा पृतनाले सञ्चालन गरेका विभिन्न गतिविधिहरूको समीक्षा गर्दै प्रमुख अतिथि मुख्यमन्त्री यादवज्यूले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन तथा सामाजिक सेवामा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले अनुशासन, व्यावसायिकता र राष्ट्रप्रतिको समर्पण नेपाली सेनाको पहिचान भएको बताउनुभयो।

कार्यक्रम अन्तर्गत आयोजित गोल्फ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। अतिथिहरूले खेलकुदले शारीरिक तन्दुरुस्तीका साथै नेतृत्व, अनुशासन र आपसी सद्भाव बढाउने धारणा व्यक्त गर्नुभयो।

समारोहले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ बनाएको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया