राष्ट्रिय मेलमिलाप दिवसमा २५० जनाको कांग्रेस प्रवेश, विमलेन्द्र निधिको एकताको आह्वान

tejnewskhabar.com

जनकपुर, १६ गते पुष । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा धनुषा निर्वाचन क्षेत्र नं–४ क्षेत्रीय कार्यसमितिको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उप–सभापति श्री विमलेन्द्र निधि ज्यु प्रमुख आतिथ्यमा रहनुभएको थियो भने पार्टीका सह–महामन्त्री श्री महेन्द्र यादव ज्यु तथा मधेस प्रदेशका मुख्यमन्त्री श्री कृष्णप्रसाद यादव ज्युको विशिष्ट आतिथ्य रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निधिले राष्ट्रिय मेलमिलाप दिवसले लोकतन्त्र, समावेशिता र आपसी एकताको सन्देश दिने उल्लेख गर्नुभयो। उहाँले देशको राजनीतिक स्थायित्व र विकासका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी सन्तोष यादवसहित करिब २५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले खादा तथा सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेस जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै आगामी दिनमा संगठन सुदृढ गर्दै मधेस र समग्र देशको विकासमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया