रौतहट, पुस १५ गते : राजपुर नगरपालिका वडा नं. ६ स्थित मदनी चौकदेखि दक्षिणतर्फ जाने सडकमा नाला सहितको पक्की सडक निर्माण कार्य सुरु गरिएको छ। नगरपालिकाका मेयर राजिक आलमले आज उक्त सडक निर्माणको विधिवत् रूपमा शिलान्यास गर्नुभएको हो।
वर्षायाममा नाला नहुँदा सडक जलमग्न भई स्थानीयवासीले लामो समयदेखि आवतजावतमा सास्ती भोग्दै आएका थिए। स्थानीय जनताको समस्यालाई मध्यनजर गर्दै नाला सहितको पक्की सडक निर्माण प्रक्रिया अघि बढाइएको मेयर आलमले बताउनुभयो।
यस योजनाबाट वडा नं. ६ का बासिन्दाको दैनिकी सहज हुनुका साथै सरसफाइ र यातायात व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
१४ पुस २०८२, मङ्गलबार ०४:१० मा प्रकाशित