सर्लाही–४ का उम्मेद्वार बनेपछि मधेस झरे गगन थापा, माघको चिसोमा पनि मधेसको न्यानो स्वागत

tejnewskhabar.com

सर्लाही — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेद्वार बनेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा मधेस झर्नु भएको छ। माघ महिनाको चिसो मौसमका बीच पनि मधेसमा भने राजनीतिक माहोल तातेको देखिएको छ।

मधेस प्रवेशसँगै थापालाई कार्यकर्ता, समर्थक तथा सर्वसाधारणले न्यानो स्वागत गरेका छन्। ठाउँ–ठाउँमा फूलमाला, नाराबाजी र उत्साहपूर्ण सहभागितासहित गरिएको स्वागतले चुनावी माहोल थप तातेको छ।

भेटघाट तथा चुनावी प्रचारप्रसारका क्रममा थापाले मधेसको विकास, समावेशिता र समृद्ध भविष्यका विषयमा आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको छ। स्थानीय जनताको उत्साह र समर्थनले सर्लाही–४ मा कांग्रेसको चुनावी अभियानले नयाँ ऊर्जा पाएको देखिन्छ।


प्रतिक्रिया