रौतहटका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसको जितको दाबी, पार्टीप्रति जनलहर तीव्र

tejnewskhabar.com

रौतहट । रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा यसपटक नेपाली कांग्रेसको जित सुनिश्चित हुने दाबी स्थानीय राजनीतिक वृत्तमा बलियो बन्दै गएको छ। लामो समयपछि नेपाली कांग्रेस कसैसँग पनि गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको कारण आम मतदातामाझ पार्टीप्रति विश्वास थप मजबुत बनेको देखिन्छ।

देशभर १२२ वटा निर्वाचन क्षेत्रमा युवालाई नेतृत्वको जिम्मेवारी दिने कांग्रेसको निर्णयले विशेषगरी जेन–जी (Gen Z) मतदाताको भावना समेट्न सफल भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यही कारण कांग्रेसप्रति देशव्यापी रूपमा जनलहर बढ्दै गएको बताइन्छ।

रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार रामकृपाल यादव र आस्पाक पार्टीका राष्ट्रिय सभापति प्रभु साह बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। दुवै उम्मेदवारले आ–आफ्नो पक्षमा मत तान्न तीव्र जनसम्पर्क अभियान सञ्चालन गरिरहेका छन्।

स्थानीय मतदाताहरूले विकास, सुशासन र समावेशी राजनीतिलाई प्राथमिकता दिँदै कांग्रेसप्रति आकर्षण बढाउँदै लगेको बताइएको छ। कांग्रेस नेतृत्वले रौतहटका सबै निर्वाचन क्षेत्रमा जित हासिल गर्ने लक्ष्यसहित आक्रामक प्रचार–प्रसार तथा घरदैलो अभियानलाई तीव्र बनाएको छ।



प्रतिक्रिया