गगन कुमार थापालाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित मधेसमा कांग्रेसको स्टार प्रचारकको भूमिका निभाउने नितेश कुमार गुप्ताको घोषणा

tejnewskhabar.com

रौतहट ४ गते । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका पार्टीका चर्चित युवा नेता तथा प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले प्रतिनिधिसभा निर्वाचन नलड्ने बताउनुभयो ।


 उम्मेदवार बन्नुभन्दा पनि मधेस प्रदेशभर नेपाली कांग्रेसको संगठन सुदृढीकरण र प्रभावकारी प्रचारप्रसारमा केन्द्रित हुने निर्णय लिएको गुप्ताले बताउनुभयो। उहाँले आफू मधेस प्रदेशमा कांग्रेसको स्टार प्रचारकको प्रमुख भूमिकामा सक्रिय रहने स्पष्ट पार्नुभएको छ।


पार्टीको समग्र हितलाई प्राथमिकतामा राख्दै निर्वाचन नलड्ने उल्लेख गर्दै गुप्ताले कांग्रेसलाई अझ बलियो, संगठित र जनमुखी बनाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो।


गुप्ताले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई देशको प्रधानमन्त्री बनाउने स्पष्ट लक्ष्यसहित मधेस प्रदेशमा चुनावी अभियान सशक्त बनाइने जानकारी दिनुभयो। प्रचारप्रसार प्रमुखको हैसियतले मधेश प्रदेशभर प्रचार सामग्री निर्माण गरी सामाजिक सञ्जाल, पत्रपत्रिका, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल माध्यममार्फत व्यापक प्रचारप्रसार गरिने उहाँको भनाइ छ।


मधेस प्रदेशलाई कांग्रेसको बलियो जनआधार र भोट बैंकको रूपमा लिँदै उहाँले प्रदेशका ३४ वटै निर्वाचन क्षेत्रमा प्रचार समिति गठन गरी अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।

 अभियानअन्तर्गत कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र प्रभावकारी सन्देश प्रवाहलाई प्राथमिकतामा राखिने बताउनुभयो।


नयाँ सोच, नयाँ जोश र परिवर्तनको प्रतिनिधित्व गर्ने युवा नेतृत्वका रूपमा गगन कुमार थापालाई प्रधानमन्त्रीका रूपमा स्थापित गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको गुप्ताले स्पष्ट पार्नुभयो। प्रतिनिधिसभा उम्मेदवारभन्दा पनि अहिले पार्टीको आवश्यकता प्रभावकारी प्रचारप्रसार भएकाले सोही जिम्मेवारीमा केन्द्रित हुने उहाँको भनाइ छ। मधेस प्रदेशको मुख्यमन्त्रीको निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया