निर्वाचनअघि महाधिवेशनले पार्टीलाई कमजोर बनाउन सक्छ : सभापति देउवा

tejnewskhabar.com

काठमाडौँ१५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि महाधिवेशन आयोजना गर्दा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले चुनावी प्रदर्शनमा नकारात्मक असर पार्न सक्ने धारणा व्यक्त गर्नुभएको छ। मंगलबार पत्रकारहरूसँगको अनौपचारिक भेटघाटमा सभापति देउवाले यस विषयमा आफूले पार्टी नेतृत्वलाई निरन्तर सुझाव दिँदै आएको बताउनुभयो।

उहाँले महाधिवेशन अगाडि नै गर्ने निर्णय भए त्यसमा आफू अवरोध नबन्ने स्पष्ट गर्नुभयो। “निर्वाचन नजिकिँदै गर्दा महाधिवेशन गर्दा आन्तरिक प्रतिस्पर्धा चर्किन सक्छ भन्ने मेरो बुझाइ हो,” देउवाले भन्नुभयो, “तर पार्टीले निर्णय गरिसकेपछि त्यसलाई रोक्ने मेरो उद्देश्य हुँदैन।”

सभापति देउवाले १५औँ महाधिवेशनमा आफू कुनै पनि पदको प्रतिस्पर्धामा नउत्रने र तटस्थ भूमिकामा रहने जानकारी दिनुभयो। विधानले पनि आफूलाई पुनः सभापतिको उम्मेदवार बन्न नदिने र व्यक्तिगत रूपमा पनि त्यसप्रति कुनै रुचि नरहेको उहाँको भनाइ छ।

देउवाको यो अभिव्यक्तिलाई कांग्रेसभित्र महाधिवेशन र निर्वाचनबीचको समय व्यवस्थापन तथा रणनीतिबारे गम्भीर बहस आवश्यक रहेको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया