धनुषा, १९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत जमुनिया नहर सडकखण्डमा गएराति करिब १२ बजे भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भारतीय नम्बर प्लेट BRO 1HD 2686 रहेको सवारीसाधन दुर्घटनामा परेपछि उक्त मानवीय क्षति भएको हो। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन।
दुर्घटनापछि स्थानीय बासिन्दाहरूले तत्काल घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएका थिए। घाइतेहरूको अवस्था तथा पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।
१९ पुस २०८२, शनिवार ०८:०३ मा प्रकाशित