धार्मिक–सामाजिक सद्भाव बिगार्ने गतिविधि गैरकानूनी : जिल्ला प्रशासन कार्यालय सिरहा लाई सूचना दिनु

tejnewskhabar.com

सिरहा, २२ गते ।

जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि गतिविधि गैरकानूनी हुने स्पष्ट पारेको छ। एक समुदायले अर्को समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक आस्थामा आँच पुर्‍याउने, राष्ट्र र राष्ट्रिय एकताविरुद्ध वैमनश्यता फैलाउने तथा झुट्टा अफवाह फैलाई कुनै धर्म समुदायको मानमर्दन गर्ने कार्य कानूनविपरीत रहेको प्रशासनले जनाएको छ।

प्रशासनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूका सामाजिक सञ्जाल (फेसबुक, टिकटक लगायत) खाताहरूको गतिविधि सूक्ष्म रूपमा निगरानी भइरहेको जानकारी दिँदै दोषी देखिएमा कडा कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

यस किसिमका गतिविधि देखिए वा जानकारी प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय सिरहाको WhatsApp नम्बर ९८५२८९००४४ मा सूचना उपलब्ध गराई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणमा अनुरोध गरेको छ।



प्रतिक्रिया