काठमाडौं। निर्वाचन आयोगले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रहरीको साइबर ब्युरोलाई आग्रह गरेको छ।
आयोगका अनुसार निर्वाचनको संवेदनशील समयमा प्रसाईंले विभिन्न सामाजिक सञ्जालमार्फत राजनीतिक दलका नेता तथा व्यक्तिहरूविरुद्ध वितृष्णा र घृणाभाव फैलाउने सामग्रीहरू सार्वजनिक गरिरहेको पाइएकाले प्रचलित कानुनअनुसार कारबाही आवश्यक ठहर गरिएको हो।
यस सम्बन्धमा आयोगले साइबर ब्युरोलाई लिखित निर्देशन दिँदै प्रसाईंका गतिविधिहरूको गम्भीरतापूर्वक अनुसन्धान गरी आवश्यक कदम चाल्न अनुरोध गरेको जनाएको छ। आयोगले निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचन वातावरण कायम राख्न यस्ता गतिविधिहरूलाई सह्य नमानिने स्पष्ट पारेको छ।
४ माघ २०८२, आईतबार ०६:५३ मा प्रकाशित