मौलापुरमा ३-दिने मधानी महोत्सव २०८२ का लागि बृहत तयारी, १०१ सदस्यीय मूल समिति गठन

tejnewskhabar.com


मौलापुर, १० पुष २०८२ : मौलापुर नगरपालिकाको बहुप्रतिक्षित मधानी महोत्सव २०८२ का लागि बृहत छलफल सम्पन्न भएको छ। आदरणीय नगरप्रमुख रिनाकुमारी साहज्यूको अध्यक्षतामा सम्पन्न बैठकले महोत्सवलाई सभ्य, भव्य र हर्षोलासपूर्वक सम्पन्न गराउन महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकको प्रमुख निर्णयहरू यसप्रकार छन्:
१. नगर प्रमुख रिनाकुमारी साहज्यूको अध्यक्षतामा १०१ सदस्यीय मधानी महोत्सव मूल समारोह समिति २०८२ गठन गर्ने निर्णय। यसमा नगरपालिकाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न उपसमितिका संयोजकहरू र शाखा प्रमुखहरू सदस्यका रूपमा रहने छन्।
२. २०८२ साल फाल्गुन २, ३ र ४ गते महोत्सव ३-दिने कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय।
३. कार्यक्रम विवरण:

  • फाल्गुन २ गते : शिव बरात यात्रा
  • फाल्गुन ३ गते : मधानी महोत्सव विशेष समारोह
  • फाल्गुन ४ गते : दङ्गल (कुस्ती) प्रतियोगिता, कावडियाहरू द्वारा जल रीसाल, ख्यातिप्राप्त पुजारीद्वारा महादेव बाबाको विशेष पूजा, शिवभक्तद्वारा विशेष आरती तथा शिव विवाह उत्सव
    ४. पतौरा ग्रामवासीले महोत्सवका लागि आवश्यक जग्गा उपलब्ध गराउने कार्य नगरपालिकाको समन्वयमा सहज हुने।
    ५. महोत्सवलाई सफल र भव्य बनाउन विभिन्न उपसमितिहरू गठन गरिने निर्णय पनि बैठकले गरेको छ।

नगरपालिकाले महोत्सवलाई भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारीमा जुटिसकेको जनाएको छ।

प्रतिक्रिया