प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसमा पत्रकार मणिलाल विश्वकर्मा सम्मानित

tejnewskhabar.com

सिरहा । प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा नयाँ पत्रिका सिरहाका संवाददाता मणिलाल विश्वकर्मालाई सम्मान गरेको छ। पत्रकारिताको माध्यमबाट सत्य, निष्पक्षता र जिम्मेवार सूचनाको प्रवाह गर्दै समाजप्रति पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको हो।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपालका पदाधिकारीहरूले पत्रकार विश्वकर्माले स्थानीय तथा राष्ट्रिय मुद्दामा निरन्तर कलम चलाउँदै जनताको आवाज बुलन्द बनाएको उल्लेख गरे। साथै, उहाँको पत्रकारिता पेशाप्रति समर्पण र निष्ठाले नयाँ पुस्ताका पत्रकारहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रता, लोकतन्त्र र जनमुखी पत्रकारिताको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा पत्रकारहरूको हकहितका लागि अझ सक्रिय भूमिका खेल्ने जनाएको छ।

प्रतिक्रिया