बारा २६ गते — बारा जिल्लाबाट महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादव विशेष महाधिवेशनमा सहभागी हुन नारा–जुलुस गर्दै काठमाडौँतर्फ प्रस्थान गरेका छन्।
नगरप्रमुख यादव समर्थक नेता–कार्यकर्तासहित पार्टीका नीति, संगठन सुदृढीकरण र नेतृत्वसम्बन्धी विषयमा आफ्नो धारणा राख्ने उद्देश्यले विशेष महाधिवेशनमा सहभागी हुन राजधानीतर्फ लागेको जनाइएको छ।
नारा–जुलुसका क्रममा सहभागीहरूले पार्टी एकता, विधि र विधानको सम्मान तथा संगठनात्मक सुधारका पक्षमा नाराबाजी गरेका थिए।
२६ पुस २०८२, शनिवार ०४:५६ मा प्रकाशित