काठमाडौँ २१ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र विभाजनको चर्चा र त्यसप्रति व्यक्त भइरहेको चिन्ताप्रति स्पष्ट धारणा राख्दै विशेष महाधिवेशनले पार्टीलाई कमजोर नबनाउने बताएका छन्।
उनले विशेष महाधिवेशन पार्टी विधानअनुसार माग भई अघि बढाइने प्रक्रिया भएको उल्लेख गर्दै यसले कांग्रेसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। शर्माका अनुसार विशेष महाधिवेशनले पार्टीका सबै पंक्ति र तहलाई एकजुट राख्दै संगठनात्मक मजबुती थप्नेछ।
पार्टी विभाजनको आशंका निराधार रहेको बताउँदै महामन्त्री शर्माले विशेष महाधिवेशनमार्फत आपसी विश्वास बढ्ने र कांग्रेस थप बलियो बन्ने दाबी गरे।
२१ पुस २०८२, सोमबार ११:०८ मा प्रकाशित