काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा

tejnewskhabar.com

काठमाडौँ २ गते । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले औपचारिक रूपमा राजीनामा दिएसँगै काठमाडौँ महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको छ।

बिदाइ कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले अब बाँकी जीवन आफूले आफैंलाई कमान्ड गर्ने सत्कर्ममा बिताउने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो सेवा अवधिमा सहयोग गर्ने महानगर नेतृत्व, सहकर्मी र नगरवासीप्रति आभार प्रकट गरे।

महानगर प्रहरी बलको नेतृत्वमा रहँदा पाण्डेले नगर अनुशासन, सार्वजनिक सुरक्षा र कानुन कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रममा सहभागीहरूले उनको योगदानको प्रशंसा गरेका थिए।



प्रतिक्रिया