रौतहट–१ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेले अजय कुमार गुप्ताको नाम सर्वसम्मत सिफारिस

tejnewskhabar.com

रौतहट, १९ पौष । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय भेलाले पार्टीका केन्द्रीय सदस्य क. अजय कुमार गुप्तालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रौतहट–१ मा सम्पन्न क्षेत्रीय भेलाले प्रतिनिधि सभा सदस्यका लागि एमालेको तर्फबाट अजय कुमार गुप्ताको एकल नाम सर्वसम्मत रूपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।

भेलामा सहभागी नेताहरूले गुप्ताको लामो राजनीतिक अनुभव, संगठनप्रति समर्पण र जनआधारलाई ध्यानमा राख्दै उहाँलाई उम्मेदवारका रूपमा अघि बढाइएको जनाएका छन्। क्षेत्रीय नेतृत्वले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेको छ।

प्रतिक्रिया