राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने

tejnewskhabar.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।

बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौती, साथै राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद् नेपालको राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी विषयमा सरकारलाई आवश्यक सुझाव दिने उच्च निकाय हो। परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था रहेको छ।

बैठकबाट समसामयिक सुरक्षा चुनौतीहरूको समीक्षा गर्दै आवश्यक नीतिगत निर्णय तथा सुझावहरू अघि बढाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया