नागरिकलाई सहज सेवा प्रवाहबारे पर्सा र ब्रह्मपुरीमा अन्तरक्रिया

tejnewskhabar.com

रौतहट ०९ गते पुस— नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा प्रवाह गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी श्री रामु राज कडरीयाले पर्सा गाउँपालिकाब्रह्मपुरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी कडरीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्मपुरीमा ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम पदारथ साह तेली र पर्सामा पर्सा गाउँपालिकाका अध्यक्ष श्री धिरेन्द्र राय प्रमुख आतिथ्यमा रहनुभएको थियो।

कार्यक्रममा दुवै पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सचिव, पालिकाका कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो।

साथै नागरिकता सिफारिसका क्रममा आवश्यक कागजात वडा कार्यालयबाटै पठाउने व्यवस्था मिलाई सेवाग्राही जिल्ला प्रशासन कार्यालयबाट खाली हात फर्कनु नपरोस् भन्ने उद्देश्यले नागरिकता प्राप्तिका लागि आवश्यक कागजातको चेकलिस्ट वडा अध्यक्षहरूलाई वितरण गरिएको थियो।

प्रतिक्रिया