जसपा नेपालका केन्द्रीय नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारी

tejnewskhabar.com

बीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय नेता एवं पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाएपछि असन्तुष्ट बनेका यादव वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सोमबार एमालेमा प्रवेश गरेका हुन्।

एमाले प्रवेशसँगै यादव पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आंकलन गरिएको छ। यसअघि पनि यादव सोही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितिसकेका छन्।


प्रतिक्रिया