धादिङ ।
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले आज धादिङको बेनीघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवनको अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा गाउँपालिका अध्यक्ष कृष्ण थपलियासहित उपाध्यक्ष, जनप्रतिनिधिहरू तथा प्रमुख प्रशासकीय अधिकृतलगायतले पालिकाको समग्र अवस्था, हालसम्मका विकास गतिविधि, सम्भावना र स्थानीय आवश्यकताबारे जानकारी गराउनुभएको थियो।
सो अवसरमा अध्यक्ष दाहालले गाउँपालिकाको प्राथमिकता, आवश्यकता, विकास–निर्माण तथा नीतिगत विषयहरूमा संघीय संसदको तहबाट गर्न सकिने सहयोग र सहकार्यमा सधैं सकारात्मक रहेको स्पष्ट पार्नुभयो। उहाँले बेनीघाट रोराङ गाउँपालिकाको दिगो विकास र समृद्धिको कामना समेत गर्नुभयो।
१९ माघ २०८२, आईतबार ०४:३६ मा प्रकाशित