, विराटनगर साउन १४। सुनसरीको देवानगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै बिहीबार मोरङ जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरू विराटनगरस्थित हनुमान मन्दिर परिसरमा भेला भई विभिन्न नाराबाजी गर्दै जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरूले देवानगञ्ज घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सत्यतथ्य सार्वजनिक गर्न र कानुनी शासनको प्रत्याभूति दिलाउन आग्रह गरेका थिए।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सुरक्षा व्यवस्थाका लागि प्रशासनले आवश्यक सुरक्षा सतर्कता अपनाएको थियो।
१३ साउन २०८३, बिहिबार १२:३५ मा प्रकाशित