काठमाडौँ १ गते । सार्वजनिक कार्यक्रमहरूमा कमै मात्र उपस्थित हुने काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह किरात समुदायको ऐतिहासिक यलम्बर संवत् ५०८६ को विशेष कार्यक्रममा सम्मानित विशेष अतिथिका रूपमा सहभागी भएका छन्।
किरात सभ्यता, संस्कृति र पहिचानलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बालेन शाहको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा सहभागीहरूले किरात समुदायको ऐतिहासिक योगदान र सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न राज्यस्तरबाट अझ प्रभावकारी पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
बालेन शाहको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
२ माघ २०८२, बिहिबार १०:०६ मा प्रकाशित