२० गते । अमेरिकाले एकाएक अपहरण गरी लगेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्यूयोर्कस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ। सीबीएस न्युजका अनुसार अवतरणलगत्तै ठूलो संख्यामा कानुन कार्यान्वयन निकायका एजेन्टहरू विमानभित्र प्रवेश गरेका थिए।
अँध्यारोका कारण तस्बिरमा व्यक्तिहरू स्पष्ट नदेखिए पनि अमेरिकी टेलिभिजन नेटवर्कहरूले विमानबाट ओर्लिएका मध्ये एक व्यक्ति मादुरो नै भएको पुष्टि गरेका छन्। विमानको सिँढीबाट ओर्लिएपछि दर्जनौँ सुरक्षाकर्मीले एक व्यक्तिलाई घेरेर धावनमार्ग हुँदै लैजाँदै गरेको दृश्य प्रसारण भएको छ।
२० पुस २०८२, आईतबार ०६:५३ मा प्रकाशित