रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी गाउँ–टोलमा, फाल्गुन २१ को निर्वाचन लक्षित अभियान सुरु

tejnewskhabar.com

रौतहट  माघ १ गते । रौतहट निर्वाचन क्षेत्र नम्बर–१ मा फाल्गुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बन्ने निश्चित भएपछि राजेश चौधरीले गाउँ–गाउँ तथा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद सुरु गरेका छन्।

सामान्य छलफल तथा जनभेटघाटमार्फत मतदाताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै उनले परिवर्तन र सुशासनका मुद्दालाई मुख्य एजेन्डा बनाएको बताएका छन्।

चौधरीले सामाजिक सञ्जालमार्फत आफू निर्वाचन अभियानमा सक्रिय रूपमा जुटिसकेको जानकारी दिँदै जनताको विश्वास र समर्थनले मात्र राजनीतिक परिवर्तन सम्भव हुने उल्लेख गरेका छन्।

रौतहट–१ मा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ भने विभिन्न दलका उम्मेदवारहरू पनि प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन्।

प्रतिक्रिया