कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ

tejnewskhabar.com

प्रमुख अतिथि गृहमन्त्री ओमप्रकाश अर्याल कर्णाली प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज औपचारिक शुभारम्भ गरिएको छ। गोष्ठीको उद्घाटन माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

गोष्ठीमा प्रदेशको शान्ति–सुरक्षा अवस्था, सीमा सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने जनाइएको छ। कार्यक्रममा कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुख अधिकारीहरू, सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया