माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

tejnewskhabar.com

काठमाडौं। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल ले माइतीघर क्षेत्रमा भएको डुवानको प्राविधिक कारण पहिचान गरी विस्तृत प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

मंगलबार साँझ डुवान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), डिभिजन सडक कार्यालय काठमाडौं तथा काठमाडौं महानगरपालिकाका सम्बन्धित विभागका प्राविधिक टोलीलाई डुवानको वास्तविक कारण, समस्या र समाधानका उपाय समेटिएको प्रतिवेदन यथाशीघ्र पेश गर्न निर्देशन दिनुभएको हो।

कार्यवाहक प्रमुख डंगोलले वर्षायाममा पटक–पटक हुने डुवानले सर्वसाधारणलाई सास्ती हुने भएकाले सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले डुवानका कारणहरू वैज्ञानिक र प्राविधिक रूपमा अध्ययन गरी भविष्यमा यस्ता समस्या दोहोरिन नदिने गरी कार्ययोजना तयार गर्न पनि निर्देशन दिनुभएको छ।

प्रतिक्रिया