जसपा नेपाल समाजवादी युवा संघ रौतहट–माधवनारायण नगर कमिटी गठन

tejnewskhabar.com

रौतहट ०६ गते— जनता समाजवादी पार्टी नेपाल अन्तर्गतको समाजवादी युवा संघ रौतहट, माधवनारायण नगरपालिकाको नगर कमिटी सर्वसहमत रूपमा गठन गरिएको छ।

नगर कमिटीको अध्यक्ष पदमा जयनारायण कुमार पासवान, उपाध्यक्ष पदमा लालसाहेब राम तथा सदस्य पदमा कमलेश कुमार साह र विशाल चौधरी लगायत चयन भएका छन्।

नवगठित नगर कमिटीले पार्टीको नीति, सिद्धान्त तथा समाजवादी विचारधारालाई स्थानीय तहमा मजबुत बनाउँदै युवा संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा पार्टीका स्थानीय नेताहरू तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया