रौतहट २६ गते — रौतहट क्षेत्र नं. २ अन्तर्गत तेजापाकडमा आम जनता पार्टीको विशेष निर्वाचन क्षेत्रीय भेला सम्पन्न भएको छ।
“भ्रष्टाचार विरुद्धको अभियान! यसपालि मोबाइलमा मतदान!!” भन्ने मूल नारासहित सम्पन्न उक्त भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण तथा निर्वाचन परिचालनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ।
भेलामा स्थानीय नेता–कार्यकर्ता तथा आम जनताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममार्फत पार्टीले पारदर्शी, प्रविधिमैत्री र जनमुखी निर्वाचन प्रणालीको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। साथै, निर्वाचन अभियानलाई प्रभावकारी बनाउन क्षेत्रस्तरमा परिचालन समिति गठन र प्रचार–प्रसारलाई तीव्र बनाउने निर्णय गरिएको जनाइएको छ।
२६ पुस २०८२, शनिवार ०७:२३ मा प्रकाशित