उम्मेदवारी दर्तापछि विनोद चौधरीद्वारा बर्दघाट–सुस्ता–प्रतापपुरमा नेता/कार्यकर्तासँग गहन छलफल

tejnewskhabar.com

नवलपरासी ०७ गते । नवलपरासी (बर्दघाट–सुस्ता) । नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले नवलपरासी (बर्दघाट–सुस्ता) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि हिजो उम्मेदवारी दर्ता गरेपछि आज दिनभर निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्तासँग गहन छलफल गर्नुभएको छ।

उम्मेदवारी दर्तापछि उहाँले बर्दघाट, सुस्ता र प्रतापपुरमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममार्फत स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँग चुनावी रणनीति, संगठन सुदृढीकरण र आगामी अभियानका विषयमा विचार–विमर्श गर्नुभएको हो।

पार्टी पङ्ति एकताबद्ध भएर निर्वाचनमा होमिएको देख्दा आफू अत्यन्तै उत्साहित भएको चौधरीले बताउनुभयो। उहाँले नेता तथा कार्यकर्ताबाट प्राप्त सल्लाह–सुझावलाई अन्तरहृदयदेखि आत्मसात गर्दै युवाहरूका भावना र अपेक्षालाई सम्मानका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, उहाँले नेपाली कांग्रेसलाई विजयतर्फ लैजान सबै पार्टी पङ्ति एक भएर उत्साहका साथ चुनावी अभियानमा जुट्न देशभरका नेता तथा कार्यकर्तालाई आव्हान गर्नुभएको छ।



प्रतिक्रिया