रौतहट, २२ गते । राजदेवी नगरपालिकाको १५औँ नगरसभा अधिवेशन आज सोमबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनमा नगरका समसामयिक विषय, विकास योजनाहरू तथा सेवा प्रवाहको अवस्था र सुधारका विषयमा विस्तृत छलफल गरिएको छ।
नगरप्रमुख भिखारी राय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत विकाउ कुमार यादव, लेखा अधिकृत श्रीचरण महतो, इन्जिनियर संजय कुमार पाण्डे, सूचना तथा सञ्चार प्रविधि अधिकृत चन्द्र भूषण कुमार यादव, योजना प्रमुख पंकज मिश्र, सब–इन्जिनियर चन्द्र शेखर सिंह राजपुतलगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनमा नगरको समग्र विकासलाई तीव्रता दिने, पारदर्शिता कायम गर्ने र जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। नगरवासीको आवश्यकतालाई केन्द्रमा राखी योजना कार्यान्वयन गर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए।