उम्मेदवारको जित सुनिश्चित गर्न शर्मिला थापाको दिनरात दौडधुप, कबिलासी–पिपरियामा भेटघाट तथा विचार आदानप्रदान

tejnewskhabar.com

सर्लाही, १५ गते।

नेपाली कांग्रेसकी मधेस प्रदेश सदस्य तथा युवा नेत्री शर्मिला थापाले आफ्नो उम्मेदवारलाई चुनावी विजय दिलाउने उद्देश्यका साथ निर्वाचन क्षेत्रमा दिनरात सक्रिय रूपमा खटिरहेको बताउनुभएको छ।

सर्लाही क्षेत्र नं. १ अन्तर्गत कबिलासी नगरपालिका–पिपरिया क्षेत्रमा आज आयोजित भेटघाट तथा विचार आदानप्रदान कार्यक्रममा उहाँले नगर, वडा, टोल तथा भातृ संस्थामा विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्ता, अग्रज नेतागण, युवा तथा स्थानीय दाजुभाइ–दिदीबहिनीहरूसँग प्रत्यक्ष संवाद गर्नुभयो।

कार्यक्रममा शर्मिला थापाले नेपाली कांग्रेसको नीति, सिद्धान्त तथा आगामी कार्ययोजनाबारे जानकारी गराउँदै पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो। उहाँले स्थानीय तहको विकास, सुशासन र जनताको समस्याको समाधान नै कांग्रेसको प्राथमिकता रहेको उल्लेख गर्दै जनताको भरोसा नै पार्टीको मुख्य शक्ति भएको बताउनुभयो।

भेटघाट कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।



प्रतिक्रिया