काठमाडौँ, ७ गते — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले पार्टी संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र सशक्त बनाउने र युवालाई नेतृत्वमा अघि बढाउने एजेन्डासहित आफू पुनः प्रतिस्पर्धामा उत्रिने स्पष्ट पारेका हुन्।
पौडेलले पार्टीभित्र सुधार र रूपान्तरणका लागि आफ्नो भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
८ पुस २०८२, मङ्गलबार ०३:३१ मा प्रकाशित