काठमाडौं, ०४ पुस: अमेरिकाले डाइभरसिटी इमिग्रेन्ट भिसा (DV/ग्रीन कार्ड लटरी) कार्यक्रम (DV1) तत्कालोगि रोक्ने निर्णय गरेको छ। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यस निर्णयको घोषणा गरेकी हुन्, जसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा लागू गरिएको हो।
यो कार्यक्रमले प्रत्येक वर्ष करिब ५०,००० भन्दा बढी ग्रीन कार्डहरू विभिन्न देशका आवेदकहरूलाई प्रदान गर्दै आएको थियो। तर हालै ब्राउन युनिभर्सिटी र एम.आई.टी. मा भएका गोलीकाण्ड घटनाहरूलाई ध्यानमा राख्दै, प्रशासनले सुरक्षा कारण देखाउँदै यस कार्यक्रमलाई अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो।
विशेषगरी ती घटनामा संलग्न मुख्य संदिग्धले पहिले DV कार्यक्रम मार्फत अमेरिका प्रवेश गरेको तथ्यले प्रशासनलाई “सुरक्षा जोखिम” को रूपमा प्रभावित गरेको छ।
यस घोषणाले भिसा आवेदन वा लटरी पूर्ण रूपमा बन्द गरेको होइन; अस्थायी रोक मात्र लगाइएको हो। स्थायी रूपमा बन्द गर्न अमेरिकी संसदको निर्णय आवश्यक हुन्छ। हालसम्म कार्यक्रम कहिले पुनः सुरु हुने भन्ने स्पष्ट विवरण दिइएको छैन।