काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भएको छ। केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको यो बैठक दोस्रो बैठक हो।
बैठकका क्रममा केन्द्रीय कमिटीको संरचना हेर्दा पार्टी नेतृत्वमा उल्लेख्य परिवर्तन देखिएको छ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा करिब ३१ प्रतिशत नयाँ अनुहार समेटिएका छन् भने झण्डै ३४ प्रतिशत नेताहरू ५० वर्षभन्दा कम उमेर समूहका रहेका छन्।
पार्टी नेतृत्वमा युवाको सबल प्रतिनिधित्व स्थापित भएको भन्दै यसले सबै उमेर समूहको सन्तुलित र समावेशी नेतृत्व चयन गर्न महाधिवेशन सफल भएको सन्देश दिएको छ। नेताहरूका अनुसार नयाँ र अनुभवी नेतृत्वको संयोजनले पार्टीलाई आगामी राजनीतिक चुनौती सामना गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।
२६ पुस २०८२, शनिवार ०७:४४ मा प्रकाशित