वैशाखको नियमित महाधिवेशन तयारीमा मधेस प्रदेश कांग्रेस आग्रह

tejnewskhabar.com

जनकपुर, २४ गते — नेपाली कांग्रेसको आगामी वैशाखमा हुने नियमित महाधिवेशनलाई लक्षित गर्दै मधेस प्रदेश कांग्रेसले संगठन सुदृढीकरणमा सक्रियता बढाएको छ। प्रदेश कांग्रेसले नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूलाई एकता, समन्वय र अनुशासनका साथ महाधिवेशन तयारीमा जुट्न आग्रह गरेको छ।

पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीलाई मुख्य एजेन्डा बनाउँदै आठै जिल्लामा पार्टी संरचना चलायमान बनाउने अपिल गरिएको छ। प्रदेश कांग्रेसले विशेष महाधिवेशनमा सहभागी नहुन तथा त्यसको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन पनि आग्रह गरेको छ।

महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका नेताकार्यकर्तालाई जिम्मेवार र सचेत भूमिका निर्वाह गर्न प्रदेश कांग्रेसले आह्वान गरेको छ।

प्रतिक्रिया