रौतहटको चन्द्रपुर–५ मा ‘नेशनल जिओ टेक ल्याब’ स्थापना, आधुनिक सिभिल मटेरियल टेस्टिङ सेवा सुरु

tejnewskhabar.com

रौतहट। मधेस प्रदेशमै पहिलोपटक रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–५ मा नेशनल जिओ टेक ल्याब ले आधुनिक प्रविधिमा आधारित सिभिल निर्माण सामग्री परीक्षण (Material Testing) प्रयोगशाला स्थापना गरी सेवा सुरु गरेको छ।

यस प्रयोगशालामा अनुभवी जिओटेक इन्जिनियरहरूको प्रत्यक्ष निगरानीमा सिभिल निर्माणसँग सम्बन्धित विविध परीक्षण सेवाहरू प्रदान गरिनेछ। यहाँ Pile Load Test, Pile Integrity Test, Plate Load Test, डण्डी (Rebar) टेस्ट, Core Cutting Machine मार्फत Rigid Pavement तथा Black Top (Asphalt) को परीक्षण गरिन्छ। साथै, Retro Fitting तथा जिओटेकसँग सम्बन्धित प्राविधिक परामर्श सेवासमेत उपलब्ध गराइने जनाइएको छ।

संस्थाले निकट भविष्यमै प्रयोगशालालाई ISO मान्यता प्राप्त स्तरको ल्याब बनाउने लक्ष्य लिएको छ। यस पहलले स्थानीय तथा क्षेत्रीय स्तरमा हुने सिभिल निर्माण कार्यको गुणस्तर, सुरक्षा र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

संस्थाका संस्थापक तथा वरिष्ठ इन्जिनियर उमेश प्रसाद चौधरी ले आधुनिक परीक्षण सुविधासहितको यो ल्याबले निर्माण क्षेत्रमा गुणस्तरीय र भरोसायोग्य सेवा उपलब्ध गराउने बताउनुभयो। उहाँका अनुसार, “स्थानीय स्तरमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको परीक्षण सेवा उपलब्ध गराउनु नै हाम्रो मुख्य उद्देश्य हो।”

स्थानीय निर्माण व्यवसायी, इन्जिनियर तथा विकास आयोजना सञ्चालकहरूका लागि नेशनल जिओ टेक ल्याब एक उपयोगी र भरोसायोग्य प्राविधिक केन्द्र बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया