जनकपुरधाम, पुस ०६ — शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा नेपालको पहिलो निर्वाचित सरकारका मन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. रामनारायण मिश्रज्यूको ५८औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवज्यूको विशेष उपस्थितिमा स्व. मिश्रज्यूको तस्बिरमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन अर्पण गरिएको थियो।
श्रद्धाञ्जली सभामा बोल्दै वक्ताहरूले स्व. रामनारायण मिश्रज्यूले लोकतन्त्र स्थापना, प्रजातान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा सामाजिक न्यायका लागि पुर्याएको योगदान नेपाली राजनीतिक इतिहासमा सदैव स्मरणीय रहने बताएका थिए।
कार्यक्रममा मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
स्व. मिश्रज्यूको आदर्श, त्याग र संघर्षबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने वक्ताहरूको भनाइ थियो।