रौतहट, २६ मंसिर । पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–४ मा शुक्रबार बिहान भएको भिषण सवारी दुर्घटनामा ७९ वर्षीय वृद्धको मृत्यु भएको छ।
बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको मालबाहक ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरटेक गर्ने क्रममा आमनेसामने ठोक्किएका थिए। दुर्घटनामा बारा निजगढ–सिगौलका भक्तबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको छ भने कार चालक दिनेश थपलिया र डोरमणि सापकोटा गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ट्रक चालक हेटौंडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण बारे इलाका प्रहरी कार्यालय चन्द्रपुरले विस्तृत अनुसन्धान थालेको जनाएको छ।
राजमार्गमा तीव्र गति र जोखिमपूर्ण ओभरटेकका कारण यस्ता दुर्घटना बारम्बार दोहोरिरहेका छन्।
२६ मङ्सिर २०८२, शुक्रबार ०१:२३ मा प्रकाशित