यहि माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार एक विशेष समारोहको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा अभिनेत्री विपना थापा अभिनेता पल शाहको आमाको भूमिकामा देखिएकी छन् भने बुबाको भूमिकामा भारतीय वरिष्ठ कलाकार प्रदीप रावतले अभिनय गरेका छन्। ट्रेलरले पारिवारिक सम्बन्ध, आमाको माया र संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको देखिन्छ।
फिल्मको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयले दर्शकको उत्सुकता बढाएको छ। माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउने यो चलचित्रलाई दर्शकले कसरी ग्रहण गर्छन् भन्ने प्रतीक्षा गरिएको छ।
८ माघ २०८२, बुधबार ०९:२८ मा प्रकाशित