रौतहट–३ बाट नेकपाकी पूनम यादवलाई प्रतिनिधिसभा उम्मेदवारको टिकट

tejnewskhabar.com

रौतहट । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूनम यादव लाई आधिकारिक उम्मेदवारका रूपमा टिकट प्रदान गरेको छ।

पार्टीप्रति निष्ठावान, संगठन निर्माणमा सक्रिय तथा जनताको सुख–दुःखमा सधैं साथ दिँदै आएकी जिम्मेवार र कर्मशील नेतृका रूपमा परिचित पूनम यादव लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ। विशेषगरी महिला सशक्तीकरण, सामाजिक न्याय, समानता र जनअधिकारका सवालमा उहाँले निर्वाह गर्नुभएको स्पष्ट धारणा र सक्रिय भूमिकाले स्थानीय जनताको विश्वास जित्न सफल भएको पार्टीले जनाएको छ।

पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै रौतहट क्षेत्र नं. ३ को विकास, सुशासन तथा सामाजिक रूपान्तरणका लागि दृढ संकल्पसहित उम्मेदवारी दिनु भएकी यादवको उम्मेदवारीले निर्वाचनमा नयाँ आशा र उत्साह थपिएको स्थानीय नेताहरूको भनाइ छ।

पार्टी नेतृत्वले पूनम यादवको उम्मेदवारीले क्षेत्रको समग्र विकास र जनताको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।



प्रतिक्रिया