राजविराज, ०७ पुस गते — जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र मधेस प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले सप्तरीको राजविराज नगरपालिका वडा नं १२ र १३ जोड्ने सिंगियौन–खाँडो हुलाकी सडकको सोमबार शिलान्यास गर्नुभएको छ।
प्रदेश सरकारले १५ करोड ६८ लाख रुपैयाँमा निर्माण गर्ने यो सडक डि एण्ड एस केभी जेभी काठमाण्डौंद्वारा २०८२ असार २० गते सम्झौता गरिएको थियो। सडक वस्ती क्षेत्रमा ८ मिटर र खुला क्षेत्रमा १० मिटर चौडाइको कालोपत्रे हुने छ। निर्माण कार्य २०८४ असार १९ गतेसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय नेताहरू, पूर्वाधार विकास कार्यालयका प्रमुख, वडाध्यक्ष र स्थानीयवासीहरू उपस्थित थिए। सडक निर्माणपछि आवागमनमा सहजता हुने विश्वास व्यक्त गरिएको छ।
८ पुस २०८२, मङ्गलबार ०६:३० मा प्रकाशित