सभापति गगनकुमार थापा पहिलोपटक सर्लाही–४ मा, धन्कौलमा मतदातालाई सम्बोधन

tejnewskhabar.com

सर्लाही — नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार सर्लाहीको धन्कौल गाउँपालिका–२ स्थित आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई सम्बोधन गर्नुभएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि वारेसमार्फत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएका सभापति थापा उम्मेदवारीपछि पहिलोपटक मतदाता भेट्न आफ्नो क्षेत्रमा आइपुग्नुभएको हो।

सम्बोधनका क्रममा सभापति थापाले लोकतन्त्र सुदृढीकरण, सुशासन र विकासलाई कांग्रेसको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै मतदाताको विश्वास र समर्थनले मात्रै देशमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। स्थानीयवासीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले क्षेत्रका समस्या र अपेक्षाबारे पनि जानकारी लिनुभएको थियो।


प्रतिक्रिया